Logo
११ बैशाख २०८१, मंगलबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली राजदूतावासको बिज्ञप्ती : ‘विज्ञापनको भर नपर्नू, कुनै सहमति भएको छैन’

काठमाडौं : अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरि ठगि हुने गरिएकाले  यस्ता भ्रामक विज्ञापनहरुको विश्वास नगर्न सचेत गराएको छ । दूतावासले विज्ञप्ति निकाली यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ । विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले सतर्क गराएको हो ।

साथै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा पहिले अध्ययन गर्न चाहेको शैक्षिक संस्था, आवास एवंम सामाजिक र आर्थिक वातावरणको सम्बन्धमा जानकारी लिएर मात्रै आउन दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्