Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली नागरीक भारतमा मिथिला सेवा सम्मानबाट विभुषित

 भारत :  विगत १० वर्ष देखि नेपालमा मिथिला संस्कृति, कला र सम्पदा संरक्षण तथा प्रवद्र्धन अभियानको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका सेवक तथा भोरको संस्थापक राज कुमार महतोलाई भारतको मिथिला लोक संस्कृति लोकले २१औं मिथिला महोत्सवमा ८ अप्रिल २०१८ को दिन मिथिला सेवा सम्मानबाट विभुषित गरेको छ ।

मिथिलाको संस्कृति, कला तथा सम्पदा संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य र खास गरी जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउन भोरका संस्थापक महतोले सन् २०१४ देखि संचालन गरिरहेको अभियानको कदर गर्दै भारतको दरभंगामा मिथिला सेवा सम्मानबाट विभुषित गरिएको छ । यस मिथिला सेवा सम्मानबाट विभुषित हुनेहरु जम्मा आठ जना छन् जसमध्ये ७ जना भारतका छन् भने नेपालबाट एक जना छन् ।

मैथिली लोक संस्कृति मंचद्वारा बल्भद्र पुर लहेरिया सराय, दरभंगामा दुई दिने मिथिला महोत्सव आयोजना गरीएको छ, जसलाई मैथिली लोक संस्कृति मंचका महासचिव प्रोफेसर उदय शंकर मिश्रले संयोजन तथा व्यवस्थापन गर्नु भएको छ । प्रोफेसर मिश्रले भन्नु भयो कि यस वर्ष मिथिला महोत्सव अपनो २१ वर्ष पुरा गरिसकेको छ । यस महोत्सवको उद्घाटन सत्रमा भारत, बिहारका सांसद कीर्ति झा आजाद, ललित नारायण, मिथिला विश्व बिद्यालयको कुलपति डा. सुरेन्द्र कुमार सिंह, कामेश्वर सिंह, दरभंगा संस्कृत बिश्व बिद्यालय के कुलपति डा. सर्व नारायण झा, हायाघाट विधायक अमरनाथ गामी, पूर्व विधान पार्षद डा. विनोद कुमार चौधरी कार्यक्रममा सहभागी हुनु भएको थियो । वहांहरुले संयूक्त रुपमा नेपालका राज कुमार महतो लगायत भारतका ७ जना विष्शिट व्यक्तिहरुलाई मिथिला सेवा सम्मानबाट विभुषित गर्नु भयो ।

भारतबाट मिथिला मैथिलीको लागि आफ्नो क्षेत्रमा विशिष्ट योगदान गर्ने विजयकांत ठाकुर, डा. विद्यानाथ झा, डा. संतकुमार चौधरी, सुशील भारती, मुकेश पन्जियार, डा. उमाशंकर झा, पंडित राम नारायण झा, पुतुल चौधरी, मिथिला दर्पण परिवार मिथिला सेवा सम्मानबाट विभुषित भएका छन् ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्