Logo
१५ चैत्र २०८०, बिहीबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत स्थित रहेका प्रवासी नेपालीहरुलाई ओलीले भने-‘तपाईहरुलाई म स्वदेश फर्काउछु”

प्रधानमन्त्रीले दिल्लीस्थित् नेपाली दुतावासमा आयोजित प्रवासीहरुसँगको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने,”अब नेपाल बन्छ, म तपाईहरुलाई स्वदेश नै फर्काउने वातावरण बनाउँछु, सरकारले अब आकर्षण पैदा गर्छ ।”

उनले छिमेकीहरुसँगको सम्बन्ध बिग्रिएको हो कि भन्ने खाले भ्रम नराख्न समेत अनुरोध गरे । उनले भने, “अब भ्रम नपाले हुन्छ, समानताका आधारमा र परस्पर लाभका आधारमा हामी हाम्रा सम्बन्धहरु कायम गर्छौं, हामी विश्वासको सम्बन्ध विस्तार गर्छौं, यस दिशामा हामीले भारतको नीजी क्षेत्रसँग कुराकानी गरेका छौं ।”

त्यतिमात्रै नभएर उनले समृद्ध नेपाल निर्माणको लागि आफूहरुले भारतमा भर्खरै विभिन्न पार्टीहरुसँग पनि कुरा गरेको जानकारी दिए । उनले थपे, “अब असमझदारी छैन् । यही कुरालाई मजबुद बनाउनुपर्छ।”

पहिलोपटक नेपालमा सुदृढ सरकार बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,”जनताबाट निर्वाचित, अध्यधिक बहुमतको समर्थन भएको सरकार छ, मैले संसदमा प्राप्त गरेको मत ७७.६१ प्रतिशत छ, जनताले अत्यन्तै भरोसा र विश्वास गरेका छन्, म यहाँहरुलाई भन्न चाहन्छु भने त्यस विश्वासलाई लोकतन्त्रको हितमा, देश विकास गर्ने जिम्मा जनताले हामीलाई सुम्पेका छन् ।”

जनताले आफूप्रति देखाएको विश्वासलाई तलमाथि हुन नदिने उनको अठोट थियो । उनले भने, “यो विश्वासको मत अब विकासको बाटोबाट अगाडि बढ्छ, हामी हाम्रा सम्पूर्ण साधनस्रोतलाई विकासका निम्ति प्रयोग गर्छौं, राष्टिय एकता कायम गरेर सिँगै देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउँछौं । त्यसैगरि हामी हाम्रा छिमेकीहरुसँग सहकार्य गरेर, मिलेर अघि बढ्छौं । छिमेकीहरुको साथ लिएर हामी विकासका प्रयासहरुलाई अघि बढाउँछौं ।”

उनले भारत र चीन दुवै छिमेकीहरुलाई साथ लिएर विकासका आकांक्षाहरु पूरा गर्न अग्रसर हुने बताए । उनले भारतसँगको सम्बन्धलाई अझै सुदृढ र मैत्रीपूर्ण बनाउने उद्देश्यका साथ र नेपालको क्षेत्रीय विकासको लागि अहिलेको सरकारले काम गर्छ भन्ने विश्वास दिलाए ।

अन्तिममा उनले भ्रमणबारे खुशी व्यक्त गर्न चाहेको सुनाए । उनको कामना थियो, “नेपाल र नेपालीहरुको भलो होस् । जहाँ भएपनि नेपालीहरु खुशी छन् ।”

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्