Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई रिजाउदै दिल्ली, अरुण तेस्रो मोदी–ओलीले उद्घाटन गर्ने

काठमाडौं : पछिल्लो समय कम्युनिष्ट सरकार नेपालमा बनेपछि त्रसिएको दिल्ली प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिजाउन तल्लिन देखिएको छ ।

दिल्ली स्रोतका अनुशार प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारी गरिरहेको बेला भारतले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उदघाटन गर्ने कार्यक्रम राखेको छ ।

प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट भारतीय समकक्षी नरेन्द्र मोदी र ओली दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उदघाटन गर्नेछन् ।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उदघाटन हुनेछ । एक खर्ब १६ अर्ब रुपैयाँ लागतामा परियोजना बन्न लागको हो । परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलब नौ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपालललाई परियोजना हस्तान्तरण गरिनेछ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघिनै परियोजना विकास सम्झौता पीडीए भइसकेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्