Logo
१२ बैशाख २०८१, बुधबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई फाँसी दिनुपर्ने माग सहित विद्यार्थी र महिलाहरु सडकमा

मोरङ : महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा विराटनगरमा विद्यार्थी तथा महिलाहरुले विरोध जुलुस निकालेका छन् । जुलुसमामा सहभागीहरुले महिला हिंसा र पीडितको पीडा झल्काउने गरी प्लेकार्ड सहितको प्रतिबिम्ब नै प्रदर्शन गरेका थिए ।

संविधानमा नै बलात्कारीलाई फाँसी दिनुपर्ने, हामीलाई न्याय देऊ, सक्षम पुरुषले बलात्कार गर्दैन, महिला हिंसा कहिले सम्म जस्ता नारा लगाएका थिए । विरोध जुलुसले विराटनगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले यस आर्थिक वर्षमा ४२ वटा बलात्कारका घटना र २७ वटा बलात्कार प्रयासको उजुरी परेको जनाएको छ । गत आर्थिक वर्षमा ७२ वटा बलात्कार र २७ वटा बलात्कार प्रयासका घटना भएका थिए ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्