Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय परिषद्बाट गोपाल पराजुलीको सिफारिसका निर्णय झिकाउन आदेश

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान्यायाधीश गोपाल पराजुलीसँग खाएको शपथग्रहण अवैधानिक भएको रिटमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । फेरि शपथ खान माग राखी दायर गरिएको रिटमा सर्वोच्च अदालतले पराजुलीको नियुक्तिका लागि भएको सिफारिसको निर्णय र उनको उमेरसम्बन्धमा न्याय परिषद्बाट भएको निर्णय झिकाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले शुक्रबार यस्तो आदेश गरेको हो । चालिसको आदेशमा गोपाल पराजुलीका नियुक्तिका लागि सिफारिसको निर्णय र पराजुलीको उमेर सम्बन्धमा न्याय परिषद्बाट भएको निर्णय झिकाउनू भनिएको छ ।

त्यस्तै, पराजुलीलाई नियुक्त गर्ने संवैधानिक परिषद्को निर्णय पनि झिकाउन आदेश गरिएको छ । त्यस्तै, गोपाल पराजुलीले राष्ट्रपतिसमक्ष बुझाएको राजीनामापत्रको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जवाफ लिन पनि आदेशमा भनिएको छ ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्