Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकर्णको एक्सन : नयाँ म्यानपावर दर्ता गर्न रोक

काठमाडौं : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नयाँ म्यानपावर दर्ता बन्द गरेका छन् । विष्टको वैदेशिक रोजगार विभागलाई नयाँ म्यानपावर दर्ता बन्द गर्न निर्देशन दिएपछि दर्ता बन्द भएको हो ।

२०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द गराएको म्यानपावर दर्ता अदालतको आदेशमा पुनः खुलेको थियो । विभागले विधिवत रूपमा औपचारिक निर्णय गरेर म्यानपावर दर्ता बन्द गर्ने निर्णय नगरे पनि नयाँ मन्त्री आएपछि म्यानपावर दर्ता प्रक्रिया अगाडि बढाइएको छैन ।

पहिले नै प्रक्रिया पूरा गरेको केही नयाँ म्यानपावर दर्ता भए पनि अहिले आदेश लिएर आउने केही व्यवसायीलाई म्यानपावर दर्ताको प्रक्रियामा नजान आग्रह गरेको विभागका महानिर्देशक भुवनप्रसाद आचार्य बताउँछन् । विभागले अहिले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि अन्य काममा व्यस्त हुनु परेको कारण देखाउँदै म्यानपावर दर्ता बन्द गरेको स्रोत बताउँछ ।

‘विभागले सीधै म्यानपावर दर्ता बन्द गर्ने अवस्था छैन’, स्रोतले भन्यो,‘ फेरि अदालतको आदेश नमान्दा मानहानीको मुद्दा खेप्नु्पर्ने अवस्था छ ।’ ‘म्यानपावर दर्ताका लागि आदेश लिएर आउने व्यवसायीलाई अहिले रकम धरौटी राख्नेदेखि कागजी प्रक्रिया पूरा नगर्न हामीले भनको छौं’, विभागका महानिर्देशक आचार्यले भने ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्