Logo
७ बैशाख २०८१, शुक्रबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको संरचना तथा दरबन्दी स्वीकृत, ५७ हजार कर्मचारी स्थानीय तहमा जाने

काठमाडौं : सरकारले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।

त्यस्तै सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय पनि गरेको छ । अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।

यसमा श्रोणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ । २५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् ।

यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् । यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् ।

७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ । मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३२६० बाट २६५४ मा झारिएको छ ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्