Logo
७ बैशाख २०८१, शुक्रबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्माको ‘सानो नेपाल’मा नेपाली ‘राजा-रानी’ विषेश यात्रा

हरेक वर्ष झै यसवर्ष पनि बर्मामा रहेका नेपाली भाषी नेपालका राजारानीको सम्झनामा विषेश यात्रा निकालेका छन् ।दोस्रो विश्वयुद्धताका बर्मा पुगेका नेपालीहरुले हरेक वर्ष राजा-रानीको वेशभूषामा एक जोडीलाई सजाएर नेपाली पहिरनसहित सडकमा निकाल्ने गर्छन् ।

मोगोक बर्मामा नेपाली मूलका मानिस बसेको दोस्रो ठूलो शहर हो । करिब ३२ हजार नेपाली जातिका बर्मेलीहरुको बसोबास रहेको यो शहरलाई नेपालीले चम्काएको हिराखानीको शहर भनिन्छ । सबैभन्दा धेरै नेपाली-पहाडी मूलका मानिस भने मेचिनामा बस्छन्, जसलाई ‘सानो नेपाल’ भनिन्छ ।

नेपालमा राजाको शासन अन्त्य भए पनि बर्मामा रहेका नेपालीहरुले भने नेपाली राजारानीलाई सम्झिँदै हरेक वर्ष यात्रा नै निकाल्ने गर्छन् । हिराखानी रहेको बर्माको मोगोक शहरमा नेपालीभाषीहरुले राजा-रानी पर्व मनाएका हुन् । यस पटक नेपाली मूलका किसन खनाल र नुम न्यौपानेलाई राजा–रानी बनाएर मोगोक शहर घुमाइएको छ ।

उनीहरुलाई ठ्याक्कै नेपाली राजारानीले लगाउने पोशाकमा सिँगारिएको थियो। यात्रामा सहभागी भएकाहरुले पुरुषले दौरा-सुरुवाल तथा महिलाहरुले सारी र चोलो लगाएका थिए । राजा-रानी यात्राको अवसरमा आदिकवि भानुभक्त आचार्यको स्वरुप पनि सहभागी गराइएको थियो ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्