Logo
१५ चैत्र २०८०, बिहीबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपमेयरले वडा सदस्यमाथि गरेको हातपात प्रकरण ढाकछोपको प्रयास

सुनसरी : सुनसरीको दुहवी नगरपालिकामा उपमेयरले वडा सदस्यमाथि हातपात गरेको विषय ढाकछोपको प्रयास थालिएको छ । भुक्तानी फछ्यौटको विषयमा उत्पन्न विवाद पश्चात कार्यालय हातामै नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकी थिइन् ।

हातपातको विषय सार्वजनिक भएसँगै दुवै पक्षले आआफ्नो पक्षमा लविङ थालेका छन् । नगर कार्यपालिकाको कार्यालयले घटनालाई सामान्य भन्दै सहमतिमा आईसकेको विषयलाई अतिरञ्जित गरी प्रचारबाजी गरिएको ठहर गरेको छ ।

नगरपालिकाको कार्यालयले दुवै पक्ष भेला गराई माफी सहित मिलापत्र गरेको बताएपनि पीडित वडा सदस्य कृष्ण योञ्जनले इलाका प्रहरी कार्यालय दुहवीमा उपमेयर सहित उनका श्रीमान अनिल साहका नाममा कुटपिट मुद्धाको निवेदन दिएको बताए ।

प्राप्त पछिल्लो जानकारी अनुसार घटना साम्य भएर अर्को निर्णय नभएकासम्मका लागि उपप्रमुख साहलाई तत्कालका लागि न्यायिक समितिको संयोजकको पदबाट निष्कृय गराइएको छ । कार्यपालिकाको बैठकले तत्कालका लागि कामकाजमा नरहने गरी न्यायिक समिति संयोजकबाट साहलाई हटाइएको जनाइएको छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्