Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् २०१९ भित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ : पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । आइतवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले , “खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।”

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर चौविसै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको उनले जानकारी दिए । मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए।

त्यस्तै, पाँच वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०÷१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उहाँको तर्क थियो । मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट गरे । रासस)

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्