Logo
१२ बैशाख २०८१, बुधबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाको निर्णयलाई केन्द्रले पनि सबैले स्वीकार गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताका आवश्यकता पूरा गर्ने दायित्व जनप्रतिनिधिमा आएको बताउनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवस्थित योजनाका साथ जनताका आवश्यकता पुरा गर्न लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले अहिले स्थानीय तहहरुमा भौतिक संरचना र जनशक्तिको अभावले काममा केही सुस्तता आएको बताउँदै भौतिक संरचना र जनशक्तिलाई छिटोभन्दा छिटो स्थानीय तहहरुमा हस्तान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले दाङ प्रदेशको राजधानीका लागि हरेक हिसाबले उपयुक्त रहेको बताउँदै त्यसको अधिकार प्रदेशसभालाई रहेकाले प्रदेशसभाको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘प्रदेशको सवालमा गरिएका निर्णय सबैका लागि निर्देशन सरह हुनेछ’ उहाँले भन्नुभयो ‘त्यो निर्णयहरु स्थानिय तहदेखि केन्द्र सम्मले उक्त निर्णयलाई पालना गर्नुपर्नेहुन्छ ।’

यसैबीच, नगरसभाले ११ वटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख नरुलाल चौधरीकाअनुसार नगरसभाले कार्यपालिका बैठक सञ्चालन कार्यविधि, २०७४, नगरसभा सञ्चालन कार्यविधि, २०७४, फोहरमैला व्यवस्थापन कार्यविधि, २०७४, तालिम व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४, शिक्षक छनोट परीक्षा सञ्चालन कार्यविधि, २०७४, कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षा कार्यविधि, २०७४, बजार व्यवस्थापन कार्यविधि, २०७४, योजना तथा कार्यक्रम सञ्चालन कार्यन्वयन र फरफारक कार्यविधि, २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७४, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४, तथा स्थानीय राजपत्रमा प्रकाशित सम्बन्धित कार्यविधि २०७४ पारित गरेको हो ।

नगरसभाले कार्य सम्पादन नियमावली, २०७४ तथा कार्य विभाजन नियामावलीसमेत पारित गरेको हो । त्यस्तै, नगरसभावाट ७ वटा ऐन कानुन नियमावली कानुनमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन, २०७४, सहकारी ऐन, २०७४, शिक्षा ऐन, २०७४, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐन, २०७४, न्यायिक समिति–कार्यविधि सम्बन्धि ऐन २०७४, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन तथा नियामावली शिक्षा नियमावली २०७४ लाई पारित गरेको छ । (रासस)

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्