Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ हजार १ सय जनाका लागि इपीएस परीक्षाको आवेदन खुल्यो

काठमाडौँ : रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेहरुको लागि बिहिबारदेखि परीक्षाको आवेदन फारम खुलेको छ । भाषा परीक्षाको आवेदन चैत ८ देखि १७ गतेसम्म भर्नपाइने छ ।

भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था रहेको छ ।१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् । आवेदनकोलागि २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिनेछ ।

परीक्षा जेठ २६ र २७ गते संचालन हुनेछ। जेठ २६ गतें देखि संचालन हुने इपीइस परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउँनेछन् ।

सहभागी परीक्षार्थीमध्ये यसपटक मेरिट लिस्टमा पर्नेहरु सात हजार १०० जना रोजगारीमा कोरिया जानका लागि योग्य सूचीमा सामेल हुनेछन् । जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्