Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शन अगावै हाउसफुल प्रतिक्षित फिल्म ‘शत्रु गते’ हेर्नुस् भिडियो

काठमाडौं : प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । तर प्रदर्शनमा आउनु अघि नै काठमाडौंका सिनेमा घरमा यसको टिकट बुकिङ लगभग हाउसफुल भएको निर्माण पक्षले जनाएको छ । मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङमा प्रतिक्रिया राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको चलचित्र हेर्न दर्शकले चासो देखाएका छन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ । प्रस्तुतकर्ता किरण केसी रहेको चलचित्रमा हरिवंश आचार्यको कथा छ । चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, बसुन्धरा भुसाल, पल शाह, आँचल शर्मासहितका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै चलचित्र राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्