Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब म कुनै दलको भूमिकामा छैन तर जनप्रतिनिधि भूमिकामा भने छु : सभामुख महरा

दाङ : सभामुख कृष्णबहादुर महराले अब आफ्नो कुनै दलको भूमिकामा नभएपनि दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने बताएका छन् । उनले भने, ‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि हुने छैनन् ।’

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सभामुख महराले दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने बताए । उनले भने, ‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि हुने छैनन् ।’

स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो बर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुने बताए ।

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् । घोराही उपमहानगरपालिकाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफु जिम्मेवार रहेको बताए ।

 

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्