Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको बाटो हुँदै भारतीय गाई र गोरु बंगलादेशमा तस्करी रोक्न माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।नेपालको बाटो हुँदै भारतीय गाई र गोरु बंगलादेशमा भइरहेको तस्करी रोक्न माग गर्दै अभिषेकले राजनाथसँग भेटेका हुन् । भारतीय जनता पार्टीका नेता समेत रहेका राजनाथसंग अभिषेकले सोमवार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

‘मुख्यतः नेपाली भूमि हुँदै भइरहेको गोरु तस्करी रोक्न आग्रह गरेँ,’ सांसद शाहले भने, ‘मेरै अगाडि भारतीय सीमा सुरक्षा बललाई फोन गरेर तस्करी रोक्न निर्देशन दिनुभयो ।’

कपिलवस्तु बाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद शाहले भारतका विभिन्न नाकाबाट नेपाल हुँदै काकडभिट्टा बाट गोरु बंगलादेश तस्करी हुने गरेको भन्दै स्वदेशमा पनि आवाज उठाउँदै आएका थिए । ‘यो धार्मिक विषय पनि हो, त्यसैले गम्भीर ढंगले ध्यानाकर्षण गराएको हुँ,’ उनले भने ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्