Logo
४ बैशाख २०८१, मंगलबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल निर्विरोध

बुटवल : प्रदेश नं ५ को नेपाली काँग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन हुनुभएको छ ।ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए ।

आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका पोखरेलको नाममा सहमति जुटेपछि उहाँ संसदीय दलको नेता चयन हुनुभएको हो ।

संसदीय दलको नेताका लागि यसअघि पोखरेलसँगै पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका फकरुद्दीन खाँ र दाङका डिल्लीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

संसदीय दलको नेता चयनपछि उहाँले सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की विरोध गर्ने भन्ने तय हुने बताउनुभयो । (रासस)

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्