Logo
१३ बैशाख २०८१, बिहीबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरलाई आक्रमण गर्ने कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द

धनगढी । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार कैलाली जिल्ला बन्द गरेको छ ।

गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानेका थिए । चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।

बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द छन् । गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् ।

प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलार्इ पक्राउ गरेको हो ।

प्रकाशित मिति: Mar 17, 2018

प्रतिक्रिया दिनुहोस्