Logo
८ बैशाख २०८१, शनिबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब साउदीसहित तीन देशका मेडिकल कार्य झन्झटिलो, नेपाली कामदार मारमा

काठमाडौं  : साउदी अरब, ओमन र बहराइन जान कामदारले मेडिकल गर्नै छाडेका छन् । क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि मेडिकल गर्न छोडिएको हो ।

केही व्यक्तिगत रुपमा श्रम स्वीकृत लिएकाहरुले मात्रै मेडिकल गराइरहेका छन् । यसअघि मेडिकल गरिरहेकाहरु विदेश गइरहे पनि केही दिनमै कामदार जान ठप्प हुने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघले जानकारी दिएका छन्।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले १७ फागुनबाट गाम्का नेपाल बन्द गरेर अनलाइनमा आवेदन भर्नु पर्ने र क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ ।

सर्वसाधारण कामदारसँग डलरमा भुक्तानी गर्ने क्रेडिट कार्ड छैन भने अनलाइनमा रजिस्ट्रेसन गर्न पनि झन्झट छ ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्