Logo
८ बैशाख २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राज्ञको मर्यादाक्रम छुटाइएकोमा प्रतिष्ठानका कुलपति असन्तुष्ट

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पछिल्लो मर्यादाक्रममा प्रतिष्ठानका प्राज्ञलाई छुटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अभिनव साहित्य समाज जोरपाटीले मासिक साहित्यिक शृंखला एवं १७ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । कार्यक्रममा पाँचजनालाई पुरस्कार एवं सम्मान प्रदान गरिएको छ ।

सम्मानित हुनेमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राई, क्षेत्र नं ३ प्रदेशसभा (क) का सदस्य रामेश्वर फुयाँल, पहिलो महिला नाटककार सावित्री पोखरेल हुनुहुन्छ भने वेदमणि अभिनव गजल पुरस्कारबाट ओखलढुंगाकी पुष्पा धमला र समाजकी पूर्वकार्यसमिति सदस्य भवानी सापकोटा अर्याल रहेका छन् ।  सांसदद्वय राई र फुयाँल समाजको आजीवन सदस्य हुन ।

“अब प्रतिष्ठानलाई संस्कृति मन्त्रालय मातहत नभई प्रतिनिधिसभाअन्तर्गत राखिनुपर्छ, सातवटै प्रदेशमा प्रदेशस्तरीय प्रज्ञाको स्थापना हुनुपर्छ”–उनले भने । सम्मानित सांसद राईले राजनीति र साहित्य फरक विषय भएपनि एक अर्कामा पूरक रहेको बताए । “साहित्यले कुनैपनि विषयमा घच्घच्याउँछ, राजनीतिले त्यो विषय सुनी नीति निर्माण गरेर समस्या समाधान गर्छ”–उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य फुयाँलले काठमाडौँ क्षेत्र नं ३ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्वर्गीय साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलको पूर्णकदको शालिक स्थापना गर्ने प्रतिबद्धता दोहो¥याए ।  गजल पुरस्कारबाट पुरस्कृत धमलालाई समाजले वर्षको उत्कृष्ट गजलकारको सम्मान दिएको हो । पुरस्कारको राशि रु छ हजार रहेको छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्