Logo
८ बैशाख २०८१, शनिबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई उपराष्ट्रपति र फोरमलाई उपसभामुख दिन वाम गठबन्धन तयार

काठमाण्डौ : एमाले-माओवादीको वाम गठबन्धनले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि सत्ता समिकरणमा सहभागी गराउन तयार भएको छ । एमाले-माओवादी र राजपा फोरमबीचको सहमती पछि महन्थ ठाकुर उपराष्ट्रपति र सरिता गिरी उपसभामुख बन्ने भएका छन् । निर्वाचन प्रकृयामा वाम र मधेश गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दिनेछन् ।

राजपा अध्यक्ष मण्डका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्तसिंह भण्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिभिन्न चरणको छलफल र वार्तापछि यो समिकरणमा सहमती बनेको हो ।

नेपाली कांग्रेसलाई कुनै पनि पदमा नआउन दिन वाम गठबन्धनले मधेशी दललाई सघाउने र दुबै मधेशी दललाई दुई/दुई मंत्रालय दिई तयारमा सहभागी गराउन सत्तापक्ष तयार भएका हुन् । त्यस्तै सरकारले संविधान संशोधनको प्रक्रियालाई अगाडी बढाउन समेत तयार भएको छ ।

समाचार श्रोतका अनुसार राजपालाई उर्जा र स्वास्थ्य मन्त्रालय, फोरमलाई परराष्ट्र र संघीय मामिला मन्त्रालय दिने आपसी सम्झदारी बनेको छ । तर राजपा-फोरमले तीन/तीन ओटा मंत्रालय पाउनुपर्ने अडान राखिएको बुझिएको छ ।

यद्यपी, उपेन्द्र यादवलाई भने उपप्रधानमन्त्री दिइने छैन । फोरमबाट उपेन्द्र यादव र रेणु यादव मंत्री बन्दैछन् । भने राजपाबाट अहिलेसम्म टुंगो लागेको छैन ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्