Logo
७ बैशाख २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारी दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाको अनुकरणीय अभियान

सर्लाही : १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाले
“शिक्षित बेटी : बालिक पुतोह, स्वच्छ आ सम्मुनत गाउँपालिका” अभियान घोषणा गरेको छ।

चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोले १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा “शिक्षित बेटी : बालिक पुतोह, स्वच्छ आ सम्मुनत गाउँपालिका” अभियान घोषणा गरेका छन्। यस अभियान अन्तर्गत प्रत्यक बालिकाको जन्मदर्ता गराउन पाँचवटा बिरूवा लगाउनुपर्ने गाउँपालिकाले अनिवार्य गरेको छ।

त्यसपच्छात गाउँपालिकाले बिस हजार र अभिवावकले पाँच हज़ार गरि बालिकाको नाममा कुनै बैंकमा जम्मा पचिस हजार फ़िक्स डिपोजिट गर्नेछ। बालिका शिक्षित र बिस बर्षको उमेर पुगि बिवाह गरे मात्र त्यो बैंकबाट पाउने कुल रकम निकाल्न सक्ने ब्यवस्था गाउँपालिकाले गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य उपेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाले ल्याएको “शिक्षित बेटी : बालिक पुतोह, स्वच्छ आ सम्मुनत गाउँपालिका” अभियानको प्रसंसा गर्नुभयो। यस अभियानको बृक्षा रोपणले गाउँपालिकाको वातावरण स्वक्ष र शुन्दर हुने, बालिका शिक्षित र छोरीहरूको बलिक अवस्थामा मात्र बिवाह गर्नलाई प्रोत्साहन गर्ने बिश्वास लिएको प्रमुख अतिथि महतोले बताउनुभयो।

कार्यक्रमलाई मंजु सिंह, लक्ष्मी सिंह, गाउँपालिकाको अधिकृत बाबुराम भट्टराई, महिला अधिकार्मी सम्झना नेवार लगायतले सम्बोधन गर्नुभएको थियो। यस कार्यक्रममा गाउँपालिकाले ८ भन्दा माथिको कक्षामा अध्यनरत बालिकाहरूलाई सेनेटरी प्याड बितरण गरेको थियो।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्