Logo
१२ बैशाख २०८१, बुधबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्ष यादव पुगिन् अदालतसम्म

सप्तरी : तिलाठी–कोइलाडी गाउँपालिकाको बिबाद अदालतसम्म पुगेको छ । गाउँपालिकाकै कार्यालयमा गाउँसभा नगरी छिमेकी नगरपालिका राजविराजको एक होटेलमा गाउँसभाको बैठक बसालेकाले त्यसको खारेजको माग राखी उपाध्यक्ष सुचिताकुमारी यादव अदालतसम्म पुगेकी छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाको मिलेमतोमा विकासीय बजेटसमेत कुम्ल्याउने उद्देश्यले गाउँपालिकाको कार्यालयमा गाउँसभा नगरेको उनको आरोप छ ।

उनले अध्यक्ष सिंह र अधिकृत झाविरुद्ध उच्च अदालत राजविराजमा रिट दायर गरिन् । ‘स्थानिय सरकार सञ्चालन ऐन–२०७४ को दफा ३, ४ र १९ ले गाउँसभा बस्ने मिति, समय, स्थान र बैठकको कार्य सूचीसमेतको किटानीका साथ व्यवस्था गरेको छ,’ उपाध्यक्ष यादवले भनिन्,‘तर ती ऐन नियमलाई लत्याउ“दै उपाध्यक्षलाई दिएको अधिकारसमेत मिच्ने काम भयो ।’

विपक्षीको एकलौटी रवैयाका कारण आफू अन्यायमा परेकाले न्याय प्रशासन ऐन २०७३ को दफा (८) तथा नेपालको संविधान २०७२ को धारा १४४ बमोजिम अदालतमा निवेदन दर्ता गरेको उपाध्यक्ष यादवले बताइन् । यसअघि सोहि गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले पनि उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले ‘गाउँपालिकाको केन्द्र तथा नाम परिवर्तन सम्बन्धी निर्णय बदर गरीपाऊँ’ भनी रिट दायर गरेका थिए ।

अदालतले तत्काललाई गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन नगर्न/नगराउन अन्तरिम आदेश दिएको थियो । तर, उक्त मुद्दाको अन्तिम फैसला भने हुन बाँकी नै छ । यता, तिलाठी कोईलाडीको गाउँसभा अवैध भएको भन्दै तिलाठी–कोइलाडी गाउँपालिका–१ का स्थानीय संघर्षमा छन् । उनीहरुको १९ दिने रिले अनशनसमेत जारी छ ।

तिलाठी–कोइलाडी गाउँपालिकाकी एक सदस्यले नै आफ्ना गाउँपालिकासम्बन्धी आवश्यक सूचना पाउनबाट बञ्चित भएकी छन् । सहजरुपमा सूचना प्राप्त नभएपछि वडा सदस्य रिताकुमारी साहले गत आइतबार सुचनाको हक सम्बन्धी निवेदन गाउँपालिकामा दर्ता गराइन् । उनले आर्थिक तथा नीतिगत विषयमा विभिन्न जानकारीहरु माग्दै सूचना गर्दा गराएकी हुन् । उक्त निवेदनमा आर्थिक वर्ष २०७४/०७५ को हालसम्मको खर्च विवरणलगायतका जानकारीहरु माग गरिएको छ ।

यस्तै, बाढी पश्चात् बाढीले पु¥याएको क्षतिग्रस्त भौतिक संरचना निर्माण तथा राहत वितरणकालागि के–कस्ता कार्यक्रम गरिएको र के–कति बजेट बिनियोजित भएको हो भनि जानकारीसमेत वडा सदस्य साहले निवेदन मार्फत् माग गरेकी छिन् ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्