Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को सरकारले फरक किसिमको कानुन र संरचना बनाउदै

दाङ :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अहिले कानुन र संरचना बनाउन लागेको बताउनुभएको छ । दाङको लमही नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको अभ्यास नेपालमा पहिलो पटक भएकाले प्रदेश सरकारले कानुन र भौतिक संरचना बनाउन लागिपरेको बताउनुभयो ।

‘‘स्थानिय तह सञ्चालनका लागि पहिले नै अनुभवसहित कानुन र संरचना त थियो, प्रदेश सरकारमा हामीले शुन्यबाट काम गर्नु छ, सबैले नयाँ अभ्यास गर्दैछौँ’’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । तराई र पहाड मिलेको उपयुक्त प्रदेश रहेकाले ५ नं. प्रदेशलाई नमूना प्रदेश बनाउन सकिने तर्क राख्दै जनतालाई खुःशी बनाउने काम सरकारको रहेको बताउनुभयो ।

पोख्रेलले स्थानीय तहले प्रभावकारी ढङ्गबाट काम गर्न सके केही वर्षभित्र परिवर्तनको अनुभूति दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तहका प्रतिनिधिले आवश्यकताअनुसार विज्ञहरुको सल्लाह सुझाव लिएर काम गर्न पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले देउखुरी उपत्यका र लमही नगरपालिकालाई विकास गर्न स्थानीय संस्कृतिलाई प्रोत्साहन गर्दै उत्पादनको क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।  (रासस)

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्