Logo
१५ चैत्र २०८०, बिहीबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजोसम्म भाई भन्नेले आज हामिलाई सपथ खुवाउने भए : ओली

काठमाडौँ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जताततै जन्ममिति विवाद रहेको बताएका छन् । उनले सडक (माइतीघर), सदन र न्यायालयमा जन्ममितिको ‘लफडा’ भएको बताए । उनले यथार्थ उमेर भन्दा नागरिकतामा बढी उमेर भएकोले यस्तो भएको बताए ।

संसदमा दरिलो उपस्थिति जनाउन र एमाले-माओवादी केन्द्रबीचको पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको प्रशिक्षणमुलक भाषणका क्रममा उनले देशमा जताततै जन्ममिति र नागरिकताको विवाद भएको बताएका हुन् ।

उनले आइतबार हुने संघीय सांसदको शपथको बेला आफू भन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको बताउँदै भने, ‘हिजोसम्म राजपाका महेन्द्र राय यादवलाई मैले भाइ भनेको थिएँ । भोलि नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य हुनु भयो । सबैलाई शपथ खुवाउँदै हुनुन्छ ।’

उनले सडक र न्यायालयमा जन्ममिति विवाद देखिएको अब यो रोग संसदमा पनि छिरेको बताए । उनले भने, ‘धन्न एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो । जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार ।’

भोलि आइतबार आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले नै देश कस्तो रहेको भन्ने संकेत गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘धेरै जन्ममिति भएका मन्त्री छन्, न्यायाधीश छन्, सांसद छन् ।’

 

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्