Logo
१२ बैशाख २०८१, बुधबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहका जनप्रतिनिधीहरुको सेवा र सुबिधा सम्बन्धी कानून निर्माण हुने : जम्कट्टेल

हेटौंडा : प्रदेश ३ को प्रदेशसभाले २३ वटा कानून निर्माणको थालनी गरेको छ, कानूनको अभावमा सरकार तथा सांसदले काम गर्न समस्या परेपछि कानून निर्माणको थालनी गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सरकारले सदनमा पेश गर्नको लागि तयार पारेको २३ वटा कानून तथा नियमावली मध्ये प्रदेशसभा नियमावली पारित भैसकेको र केहि कानूनहरु फास्ट ट्रयाकको माध्ययमाबाट पनि निर्माण गरिने जानकारी दिए ।

कानून निर्माणको विषयमा जानकारी दिँदै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेलले प्रदेशसभाले डेढ महिनाभित्र कानून निर्माण गरिसक्ने पनि बताए ।

प्रदेश सरकारले मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य तथा अधिकारका सन्र्दभको कानून, प्रदेश प्रमुख र प्रदेश सरकारको नाममा हुने निर्णय वा आदेश सम्बन्धी अधिकार पत्रको कानून, प्रदेश सरकारको कार्य सञ्चालन र कार्यविभाजन नियमावली सहित २३ वटा कानून निर्माणको लागि छलफल तीब्र बनाइएको र सम्बन्धित मन्त्रालयमा काम भैरहेको मन्त्री जम्कट्टेलले बताए ।

यसैगरी स्थानीय तहको निर्वाचन भएको दश महिना बितिसक्दा पनि स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुको सेवा सुबिधाको बिषयमा केही निर्णय नभएको बताउँदै मन्त्री जम्कट्टेलले अब बन्ने कानूनले सबै स्थानीय तहका जनप्रतिनिधीहरुको सेवा र सुबिधा सम्बन्धी कानून पनि निर्माण हुने बताए ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्