Logo
७ बैशाख २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगी गरि फरार रहेका भारतीय ४ नागरिकको पक्राउ

काभ्रे : सुनको गहना सफा गरिदिने भन्दै ठगी गरेर पाँचथरबाट फरार भएका चार जना भारतीय नागरिकलाई इलाममा पक्राउ गरेका छन् ।

फिदिम–१३, स्थित लुङरुप्पाकी बसुन्धरा राईको सुनको गहना सफा गरिदिने भन्दै मारवाडि गालेर नक्कली सुन लगाइदिएर फरार भएकाहरु उनीहरुलाई इलाम बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्यका कृष्ण शाह, रञ्जित शाह, पवन शाह र ब्रिज शाह रहेका छन् ।

बसुन्धरा राईका श्रीमान शुक्रराज राईले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्