Logo
७ बैशाख २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक अन्तर्राष्ट्रिय लोक संस्कृति मेलाको तयारी

गैँडाकोट : नवलपरासीको गैँडाकोटमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला, २०७४ को तयारी पूरा भएको छ । ‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौँ अन्तर्राष्ट्रिय मेला’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलाले सांस्कृतिक विविधताको आदानप्रदान र प्रचारप्रसार गर्दै नेपालको पर्यटनको विकासमा योगदान पु¥याउने आयोजकले विश्वास लिएका छन् ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको मेलामा बंगलादेश, कोष्टारिका, स्टोनिया, ग्रीस, भारत, नेपाल, इन्डोनेसिया, इजरायल, इटाली, मलेसिया र टर्की गरी ११ देशका २०० भन्दा बढी कलाकारको सहभागिता रहने मेला आयोजक समितिका निर्देशक दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले यसअघि करिब ६५ भन्दा बढी देशमा नेपालको लोक संस्कृति प्रस्तुत गरिसकेको जनाएको छ । यही फागुन १८ गते काठमाडौँमा उद्घाटन भई भक्तपुर, धादिङ हुँदै २१ गते गैँडाकोटमा आएर समापन गर्ने तालिका बनाइएको मेलामा नेपालका पनि थुप्रै चर्चित कलाकारको प्रस्तुति रहने छ ।

मेलाको सहआयोजक सहयात्रा नेपालका अध्यक्ष समेत रहनु भएका रायमाझीले प्राकृतिक दृष्टिकोणले आकर्षक रहेको गैँडाकोटको नारायणी तिरमा हुन लागेको मेलाले गैँडाकोट–चितवन क्षेत्रको पर्यटन विकासमा कोशेढुंगा सावित हुने बताउनुभयो । मेला आयोजना गर्न स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाको उल्लेख्य सहयोग रहेको मेलाका स्थानीय संयोजक दीपक खड्काले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्