Logo
७ बैशाख २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन

बुटवल : प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो ।

आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा अधिवक्ता विष्णु पोखरेल र खुमाकान्त पौडेल रहनुभएको छ । आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको कार्यालयका कानून उपसचिव र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून महाशाखा प्रमुख रहने छन् । आयोगलाई एक वर्षको समयाबधि दिइएको छ ।

मुख्य मन्त्री शंकर पोखरेलले आफूले पदबहाली गरेकै दिन आफ्नो सरकारको प्रमुख काम प्रदेश सरकारले बनाउनु पर्ने कानून निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्