Logo
१२ बैशाख २०८१, बुधबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको कोटाबाट हृयदेश त्रिपाठी स्वास्थमन्त्री बन्दै

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृयदेश त्रिपाठीले पाउने भएका छन् । एमाले स्रोतका अनुसार सोमबार विस्तार हुने मन्त्री मण्डलमा त्रिपाठी स्वास्थ्य मन्त्री बन्ने सम्भावना बलियो छ । सोमबार दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

ओली सरकारमा एमाले र माओवादी केन्द्रले ७–७ वटा मन्त्रालय आफ्नो भागमा राखेका छन् भने मधेशवादी दललाई सरकारमा समावेश गराउन तीन वटा मन्त्रालय छुट्टयाइएको छ । निर्वाचनअघि मधेसी मोर्चा छोडेर बसेका त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उठेका थिए । उनले नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका हुन् । तर त्रिपाठी अहिलेसम्म एमालेमा प्रवेश गरेको स्वीकार गरेका छैनन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्