Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि फागु पर्व प्रारम्भ, वसन्तपुरमा चिर ठड्याइयो

काठमाडौँ : फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पर्व विधिवत रुपमा प्रारम्भ भएको छ । वसन्तपुर अगाडि विधिवत् रुपमा शुक्रबार चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ । अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागू पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

 

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्