Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टायर पड्केर ट्रकमा ठोकिँदा बस दुर्घटना

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्ला सुनवलमा शुक्रबार बसको टायर पड्केर ट्रकमा ठोकिँद भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेको घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्