Logo
७ बैशाख २०८१, शुक्रबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फर्निचर उद्योगमा आगलागी हुदा ३० लाख बराबरको क्षति

झापा : झापाको विर्तामोड स्थित एक फर्निचर उद्योगमा आगलागी हुदा ३० लाख बराबरको क्षति भएको छ । जितेन्द्र साउदेनले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करिब ३० लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षकले जानकारी दिए ।

नेपाल प्रहरी, स्थानीय बासिन्दा र विर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि काठ चिर्ने मेसिन, तयारी फर्निचर, काठ लगायतका सामग्री जलेको छ।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्