Logo
७ बैशाख २०८१, शुक्रबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका निर्वाचित सांसदहरुको बैठक शनिबार सिंहदरबारमा हुदैँ

काठमाडौं : बिहीबार बोलाएको नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक रोकेर शनिबार निर्वाचित सांसदहरुको बैठक बोलाएको उक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

दलको विधानमा संशोधनबारे छलफल गर्न पहिले कार्यसम्पादन समिति डाकिएको थियो तर निर्वाचित सांसदसँग विधान संशोधनको छलफल नगरी कार्यसम्पादन समितिले निर्णय गर्नु राम्रो हुन्न भनेर कार्यसम्पादन समिति बैठक स्थगन गरियो र सांसदहरुको बैठक बोलाइएको छ । सांसदहरुको छलफलले निष्कर्ष निकालेपछि केन्द्रीय समिति तथा कार्यसम्पादन समितिले त्यसलाई पास गर्ने उनले बताए।

नेपाली कांग्रेसले संविधानसभा हुने बेला बनाइएको संसदीय दलको विधानले अहिले काम नगर्ने भन्दै संसदीय दलको विधान संशोधन गरेर प्रतिनिधिसभा संसदीय दलको विधान बनाउने, राष्ट्रियसभा र प्रतिनिधिसभाको संसदीय दल गठन गर्न प्रकृया कस्तो हुने भन्ने निर्णय गर्ने, दुवै सदनको नेता बीचमा कसरी समन्वय गर्ने भन्ने कुरा पनि विधानमा उल्लेख गर्ने प्रवक्ता शर्माले बताए। उक्त बैठकले संसदीय दल नेताको निर्वाचन मिति र प्रकृयासमेत तोक्नेछ।

कांग्रेसको संसदीय दलको नेतामा अहिलेसम्म तीन जनाको नाम चर्चामा छ। पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाले संसदीय दलको नेता हुने इच्छा देखाएका छन्।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्