Logo
१२ बैशाख २०८१, बुधबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुरा प्रहार पछि फरार रहेका दुई जना पक्राउमा

झापा : अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार पछि फरार रहेका उनीहरूलाई बुधबार बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्