Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करण केसीलाई प्रदेश सरकारद्धारा एक लाख दिने घोषणा

पोखरा : प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने जानकारी दिए ।

नेपाली खेलाडीको मेहनत, परिश्रम र लगनशीलताका कारण मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु परिचित गराउन सफल भएको बताउँदै उनले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गरिने बताए ।नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलता प्राप्तिका लागि जुट्न आग्रह गरे ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा पु¥याएको योगदानको उच्च कदर गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा खेलाडी करण केसीले सम्मानले आफूलाई खेलकुदमा जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्