Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीपीएलको अक्सन सुरू, हेरौ कसलाई कसले कति मूल्यमा किने?

काठमाडौं : चैत १७ गतेदेखि धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिग (डीपिएल)–२ को खेलाडी बोलकबोल अक्सन राजधानीमा सुरू भएको छ। जसमा दुई सय दुई खेलाडी सहभागी छन् । अक्सनमार्फत एक टोलीले १२ जना खेलाडी ११ लाख भित्र किनीसक्नु पर्नेछ । अक्सनका लागि खेलाडीको श्रेणी विभाजन गरेको छ।

जसअनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै अएकाहरू हुनेछन्। अक्सनमा उनीहरूको भाउ न्यूनतम १ लाखदेखि अधिकतम १ लाख ५० हजारसम्म हुनेछ । बी श्रेणीमा राष्ट्रिय खेलाडी तथा यु–१९ खेलाडी समेटिएने छन्। ए श्रेणीका खेलाडीको अक्सन सकिदा १६ मध्ये ११ खेलाडी बिकेका छन्।

अक्सनमा उनीहरूको भाउ न्यूनतम ५० हजारदेखि अधिकतम १ लाखसम्म रहने छ । बाँकी सबै अनक्याप्ड खेलाडीलाई सी श्रेणीमा राखिएको छ। उनीहरूको अक्सनमा न्यूनतम मूल्य २५ हजारदेखि अधिकतम ७५ हजारसम्म तोकिएको छ। यस्तै, ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना खेलाडीहरुलाई डी श्रेणीमा राखिएको छ । उनीहरुको न्यूनतम मुल्य २० हजारबाट सुरु भई ४० हजारसम्म लाग्नेछ।

जसमा ४ खेलाडी महँगा बनेका हुन्। सागर पुन, तीव्र गतिका बलर करण केसी, स्पिनर बसन्त रेग्मी र अलराउन्डर मोहम्मद आरिफ शेख सबैभन्दा महँगा बनेका हुन् ।

कसले कसलाई किन्यो ?

(१) सागर पुन, १ लाख ५० हजार- रूपेन्देही च्यालेन्जर्स

(२) जितेन्द्र मुखिया, ९० हजार- रूपेन्देही च्यालेन्जर्स

(३) प्रदिप ऐरी, ८० हजार- रूपेन्देही च्यालेन्जर्स

(४) प्रकाश जैसी, १५ हजार- रूपेन्देही च्यालेन्जर्स

(५) करण केसी, १ लाख ५० हजार – महेन्द्रनगर युनाइटेड

(६) आरिफ सेख, १ लाख ५० हजार- महेन्द्रनगर युनाइटेड

(७) अविनाश कर्ण, ८० हजार – महेन्द्रनगर युनाइटेड

(८) नारायण जोशी, २५ हजार- महेन्द्रनगर युनाइटेड

(९) सुवास खकुरेल, ८० हजार- सिवाइसी अत्तरिया

(१०) सागर भण्डारी, २५ हजार- सिवाइसी अत्तरिया

(११) बसन्त रेग्मी, १ लाख ५० हजार- विराटनगर किंग्स

(१२) पृथु बास्कोटा, १ लाख २० हजार- विराटनगर किंग्स

(१३) सुबोध ऐर, २५ हजार- विराटनगर किंग्स

(१४) राजेश पुलामीमगर ८० हजार- टिम चौराह

(१५) विजय राना, १० हजार- टिम चौराह

(१६) प्रनित थापामगर, ६५ हजार- महेन्द्रनगर युनाइटेड

(१७) नरेश बुढाऐर, १ लाख २० हजार- काठमाडौं गोल्डन्स

(१८) विक्रम ठगुन्ना, २५ हजार- काठमाडौं गोल्डन्स

(१९) पवन सर्राफ, १ लाख – विराटनगर किंग्स

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्