Logo
११ बैशाख २०८१, मंगलबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिठाइ पसलमा काम गर्दै आएका हेमरोन मृत अवस्थामा फेला

इलाम : इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा बुधबार मिठाइ पसलमा काम गर्दै आएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी बुधबार बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिना अघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्