Logo
६ बैशाख २०८१, बिहीबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र दाहाल बिच बैठक जारी, साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रालयको भागबन्डा गर्ने बिषयमा बालुवाटारमा बैठक जारी छ । एमाले र माओवादीका केही मन्त्रीसहित उनले बुधबार साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दियो।

‘दुई अध्यक्षहरु मन्त्रालय टुंग्याउन बैठक गरिरहनु भएको छ, मन्त्रालय बाँडफाँट मिलेपछि मन्त्रीको टुंगो लाग्छ,’ माओवादी प्रवक्ता पम्फा भुषालले भनिन्।

एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुने बताए। उहाँहरुले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुन्छ, हामी मन्त्री टुंग्याउन छलफल गर्दैछौं,’ ज्ञवालीले भने।

प्रधानमन्त्री ओलीको सरकार अहिले तीन सदस्यीय छ । एमालेका लालबाबु पण्डित र थममाया थापा फागुन ३ गते मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्