Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

बाँके : विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरेका छन् । आठौँ राष्ट्रिय खेलकुदको नारा आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा तय भएको छ । यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा सुविधासम्पन्न भलिबल रंगशाला बन्ने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले मंगलबार सो रंगशालाको शिलान्यास गरेका हुन् ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्