Logo
१३ बैशाख २०८१, बिहीबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ४ को ११ वटै जिल्लाका पहिचाहन रहने गरी नयाँ कार्यक्रम ल्याउँनेछु : मन्त्री थापा

गोरखा : प्रदेश नं ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं ४ को ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम ल्याउने बताए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गोरखा आईपुगेका मन्त्री थापाले प्रत्येक महिना एक दिन भएपनि कृषकसँग मिलेर आफूले काम गर्ने बताए ।

प्रेस सेन्टर नेपाल गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले नयाँ कृषि कार्यक्रम ल्याउने र सबै किसानहरुले आफै मन्त्री भएको महसुस हुने गरी कार्यक्रम ल्याउनुको साथै प्रदेश नम्बर ४ लाई कृषिमा आत्मनिर्भर बनाइएको मन्त्रालयको योजना रहेको मन्त्री थापाको भनाई रहेको छ ।
केही समय ऐन नियमहरु बनाउन लाग्ने बताउँदै नेता थापाले कृषिका विज्ञहरुको सहयोग लिएर आवश्यकताका आधारमा नीति निर्माण गरी योजनाहरु तर्जुमा गरिने बताए ।

जनताको खाद्य सम्प्रभुता र मौलिक अधिकारको रक्षा गर्न र त्यसलाई व्यवहारमा लागु गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । स्वदेशमा नै अर्गानिक उत्पादन वृद्धि गरी विदेशबाट कुनै पनि कृषिजन्य पदार्थ आयात नगर्ने अवस्थामा प्रदेश नम्बर ४ लाई पु¥याउने मन्त्री थापाले बताए ।
तरकारी लगायतका कृषिजन्य बस्तुको उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउन कामको थालनी गर्ने र सबै भन्दा धेरै रोजगारी दिने मन्त्रालयले आफूले सम्हालेकाले कोही पनि बेरोजगार हुनु नपर्ने मन्त्री बहादुर थापाले बताए छन् ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्