Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असंवैधानिक काम गरेको भन्दै तरुण दलले राष्ट्रपतिलाई संविधान उपहार दिँदै

काठमाडौं : असंवैधानिक काम गरेको भन्दै नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान उपहार दिँदै छ ।

राष्ट्रपति भण्डारीले मंगलबार सरकारले सिफारिस गरेको केही घण्टामै तीनजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । राष्ट्रियसभामा तीन सदस्य मनोनित गर्दा राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै तरुण दलले त्यसको विरोधमा राष्ट्रपति भण्डारीलाई बुधबार दिउँसो ३ बजे संविधान उपहार दिन लागेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस फिर्ता लिदै नयाँ नाम सिफारिस गरेको थियो । देउवा सरकारले गरेको सिफारिस दुई हप्ता अड्याउने राष्ट्रपतिले ओली सरकारको सिफारिस केही घण्टामै अनुमोदन गरेको तथा यो संविधानमा व्यवस्था भएको नियम विपरित रहेको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्