Logo
११ बैशाख २०८१, मंगलबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वटा कार्यालय एउटै कोठाभित्र, सेवाग्राहीलाई समस्या

अछाम : अछामको मङ्गलसेन नगरपालिकामा एउटै कोठाभित्र ६ ओटा कार्यालय छन् । नपाका ३, ४, ५, ६, र ७ नम्बरका वडा कार्यालय र जिल्ला युवा सञ्जाल अछामद्वारा सञ्चालित युवा सूचना केन्द्र तथा पुस्तकालय एउटै कोठामा हुँदा कर्मचारी र सेवाग्राहीमा समस्या भएको छ । कुन कार्यालय कता हो भन्ने थाहा नपाउँदा सेवाग्राही अन्योलमा पर्ने गरेका छन् ।

स्थानीय तहको निर्वाचन भएको ६ महीना बितिसक्दा पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन । यस्तै, अहिलेसम्म वडा कार्यलयसमेत स्थापना हुन सकेको छैन । करीब २० वर्षपछि स्थानीय सरकार बन्दा सिहंदरबारको कामकाज घरआँगनमै हुने आशा गरेका जनता समयमै काम नबन्दा नहुँदा झनै निराश बनेका छन् ।

आफ्नै घरदैलोमा हुने कामकाजका लागि लामो समय हिँडेर नगरपालिका कार्यालय पुग्नुपरेको मङ्गलसैन नगरपालिका–७ का वडाध्यक्ष सिद्धराज ढुङ्गानाले बताए । तीनदेखि चारओटा वडा कार्यालय एउटै सचिवको भरमा सञ्चालन हुँदै आएको वडासचिव नन्दराज ढुङ्गानाको भनाइ छ । आफूहरूले कर्मचारी व्यवस्थापनका लागि बारम्बार आग्रह गर्दा समेत कर्मचारी व्यवस्थापन समितिले कुनै चासो नदिएको मङ्गलसैन नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले बताए ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्