Logo
११ बैशाख २०८१, मंगलबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाका अधिकारीले अमेरिकी उपराष्ट्रपतिसँग भेटवार्ता गर्न अस्वीकार

अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग उत्तर कोरियाका अधिकारीले अन्तिम समयमा आएर भेटवार्ता गर्न अस्वीकार गरेका छन् । गएको हप्ता दक्षिण कोरियाको प्योङच्याङमा विन्टर ९शितकालीन० ओलम्पिक उद्घाटन कार्यक्रमका लागि गएका बेला उपराष्ट्रपति पेन्स र उत्तर कोरियाका नेता किम जोङ–उनकी बहिनी किम यो–जोङसहितका अधिकारीसँग भेट गर्ने तय भएको अमेरिकी अधिकारीले बताएका छन् ।

तर अन्तिम समयमा उत्तर कोरिया पछि हटेकाले भेटले मूर्त रुप नलिएको अमेरिकी अधिकारीको भनाई छ । ओलम्पिकको उद्घाटन कार्यक्रमको क्रममा अमेरिकी उपराष्ट्रपति पेन्सी र उत्तर कोरियाका पदाधिकारी आसपासमा बसेका थिए ।

तय भएको भेटका लागि उत्तर कोरिया अन्तिम समयमा आएर पछि नहटेको भएको यो राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारी र उत्तर कोरियाका अधिकारीबिचको पहिलो भेट हुने थियो ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्