Logo
८ बैशाख २०८१, शनिबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशाखापत्तनम् बन्दगाह कागजी प्रणालीबाट विद्युतीय प्रणालीमा प्रवेश

काठमाडौं : पछिल्लो समय अन्तरराष्ट्रिय व्यापारका लागि प्रयोजनमा आएको भारतस्थित विशाखापत्तनम् बन्दगाह पूर्णरूपमा विद्युतीय प्रणालीमा प्रवेश गरेको छ । हालसम्म कागजी प्रणालीमै सञ्चालनमा रहेको उक्त बन्दरगाह अन्ततः विद्युतीय प्रणालीमा प्रवेश गरेको वाणिज्य मन्त्रालयले जानकारी गराएको हो ।

केही दिनअघि मात्रै वाणिज्य र परराष्ट्र मन्त्रालयका साथै भारतीय सरोकारवाला अधिकारीहरूसँग बसेको बैठकमा विशाखापत्तनम् बन्दरगाहलाई पूर्णरूपमा विद्युतीय प्रणालीमा सञ्चालन गर्ने सहमति भएको वाणिज्य मन्त्रालयले बताएको हो । उक्त बन्दरगाहबाट हुने हरेक व्यापारिक गतिविधिलाई विद्युतीय प्रणालीमार्फत नियन्त्रण गरिने मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । यससँगै विशाखापत्तनम् बन्दरगाहबाट गरिने अन्तरराष्ट्रिय व्यापारमा सहजीकरण हुने मन्त्रालयको विश्वास रहेको छ ।

विशाखापत्तनम्बाट व्यापारिक कारोबार गर्दा कोलकाताको तुलनामा निकै सस्तो तथा सुविधाजनक हुने सम्बन्धित विज्ञहरूको भनाइ छ । सोही कारण पछिल्ला दिनमा विशाखापत्तनम् बन्दरगाह बढी प्रयोगमा आउन थालेको छ । कागजी प्रणालीमै बन्दरगाहलाई सञ्चालन गर्दा निकै समस्या देखिन थाल्नुका साथै समयसमेत बढी लाग्ने भएपछि विद्युतीय प्रणालीमा सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ । आगामी दिनमा उक्त बन्दरगाहमा व्यवसायीहरूले कागजी प्रक्रियाबाट हुने विविध समस्या एवम् झन्झटबाट छुट्कारा पाउने मन्त्रालयले दाबी गरेको छ ।

विशाखापत्तनम् बन्दरगाहबाट हालसम्म परम्परागत प्रक्रियामै अन्तरराष्ट्रिय व्यापारका गतिविधिहरू अवलम्बन गरिँदै आएको थियो, सचिव घिमिरे भन्छन् । तर, अब विद्युतीय प्रणालीमा गएसँगै यसले कारोबारको लागत, समय एवम् प्रक्रियालाई नै घटाउन सहयोग पु¥याउने छ । अभियानका अनुसार यसले मुलुकभित्रका व्यवसायीहरूलाई ठूलो राहत पुग्ने घिमिरेले दाबी गरे । कोलकाता बन्दरगाह भने अभैm पनि परम्परागत कागजी प्रक्रियाबाटै सञ्चालनमा रहेको थप जानकारी गराए ।

मन्त्रालयका अनुसार विशाखापत्तनम् बन्दरगाहबाट व्यापारिक कारोबार गर्दा निकै सहज एवम् सुलभ रहने गरेको छ । कोलकाताको तुलनामा प्रविधिको प्रयोग एवम् कम समस्या हुनेजस्ता कारणले गर्दा हाल विकल्पमा विशाखापत्तनम् बन्दरगाहप्रति व्यवसायी बढी अकर्षित हुन थालेको मन्त्रालयको ठम्याइ छ । उक्त बन्दरगाहबाट हाल हरेक महीना १५ ओटाभन्दा बढी कण्टेनर भित्रिने गरेको मन्त्रालयले जानकारी गराएको हो । त्यस्तै विद्युतीय प्रणालीमार्पmत यो बन्दरगाह सञ्चालनमा आएसँगै यस बन्दरगाहबाट हुने व्यापारिक कारोबारमा वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्