Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौथो बंगलादेश व्यापार मेला फागुन ११ देखि सुरु

काठमाडौँ : बंगलादेशी दूतावासले काठमाडौँको भृकुटीमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ आयोजना गर्ने भएको छ ।नेपाल तथा बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको यो व्यापार मेला यही फागुन ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा नेपालका ३० तथा बंगलादेशका ७० वटा गरी कूल १०० वटा स्टल रहने बताइएको छ । यु टर्न इभेन्ट्स बंगलादेश तथा सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालको सहयोगमा सञ्चालन हुने त्यस मेलामा भवन निर्माण सामग्री, फर्निचर, जुट, तयारी पोशाक, प्लास्टिकजन्य वस्तु, विद्युतीय सामग्री, मोटरसाइकल र गरगहनाका सामग्री रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे साम्सले मेलाबाट नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्धमा थप आयाम वृद्धि हुने र उद्यमीलाई यसबाट उत्प्रेरणा मिल्ने विचार प्रकट गरे । सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक राकेशकुमार महतोले दुई मुलुकका उद्यमी तथा व्यापारीबीच अनुभव साट्न र बंगलादेशका उत्पादन नेपाली उपभोक्तामाझ पु¥याउन मेला सहयोगी हुने बताए ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्