Logo
११ बैशाख २०८१, मंगलबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीद्वारा कपिलवस्तुको विभिन्न पर्यटकीयस्थल अवलोकन

कपिलवस्तु : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार कपिलवस्तुको विभिन्न पर्यटकीयस्थल अवलोकन गरेका छन् । ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा,निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गरेएका उनले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राखे ।

कपिलवस्तु संस्कृतिक हिसाबले धनी र पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही भएकाले पनि यहाँको दिगो विकासमा लाग्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । उनले भने, “मुलुकको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।”

पुरातत्व विभाग, बेलायतको दूरहाम विश्वविद्यालय र लुम्बिनी विकास कोष युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि उत्खनन गरिरहेको तिलौराकोट दरबार अवलोकन पछि मुख्यमन्त्री पोख्रेलले उत्खननमा हालसम्म भएको प्रगति र उपलब्धिका बारेमा समेत जानकारी लिएका उत्खनन, अन्वेषण तथा अनुसन्धान कार्यक्रमका सहनिर्देशक रविन कनिङ्घाम र पुरातत्व विभागका पूर्व निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी तिलौराकोट नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालय कपिलवस्तु नगरपालिका–९ जगदीशपुरमा १५७ हेक्टर क्षेत्रफलमा रामसार सूचीमा सूचीकृत मानवनिर्मित नेपालकै सबैभन्दा ठूलो जगदीशपुर ताल पनि अवलोकन गरिएको थियो

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्