Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशमा कानून व्यवस्था र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन: राउत

पर्सा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास र समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त रहेकाले प्रदेश नं २ मा सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताए । “प्रदेशमा कानून व्यवस्था र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन,” उनले भने ।

प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले वर्तमान प्रान्तीय सरकारको पहिलो प्राथमिक्ता सुशासनलाई कायम गर्नु रहेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपाल केडीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय ११ किलोको फूलको माला लगाई मुख्यमन्त्री गद्दीलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्