Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादवलाई वाम गठबन्धनको सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : सोमबार साँझ एमाले र माओवादीबीच पार्टी एकताका लागि निणरयक वार्ता भइरहेका बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । तर, अध्यक्ष यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र भेटेर बाहिरिएका छन् ।

एमाले नेता अग्नि खरेलले प्रधानमन्त्री ओली र यादवबीच भेट भएको स्वीकार गरे । खरेलले भने, ‘वाम गठबन्धनको सरकारमा सहभागी हुनुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो । राम्रो सन्देश पनि दिउँ र बलियो सरकार बनाऔं भन्ने उहाँको जोड छ ।’ प्रधानमन्त्री ओली अब हुने मन्त्रिपरिषद् विस्तारमा नै फोरमलाई पनि समावेश गर्ने सोचमा छन् ।

जवाफमा यादवले आफूहरु सकारात्मक रहेको तर, केही मुद्दा सम्बोधन हुनुपर्ने प्रधानमन्त्री ओलीलाई बताएका छन् ।
एमाले नेता खरेलका अनुसार दुई नेताबीच थप छलफल गर्ने समझदारी भएको छ ।

संविधान संशोधनबारे सरकार र वाम गठबन्धन सकारात्मक रहेको भन्दै खरेलले भने, ‘उहाँहरुको पनि संविधान संशोधनको मार्ग प्रशस्त गरौं भन्ने जायज छ ।’

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्