Logo
८ बैशाख २०८१, शनिबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका तीनजना राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी छिन् । मंगलबार बिहान बसेको मन्त्री परिषदको बैठकले सिफारिस गरेका तीनजनालाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ) लाई मंगलबार मनोनयन गरेकी हुन ।

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्